विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा सहजिकरण गर्न मुख्यमन्त्री कडेलको आग्रह

मंसिर २४, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेशसभाका सदस्यहरूलाई आफ्नो–आफ्नो जिल्लामा विनियोजित विकास बजेट प्रभावकारी रूपमा खर्च गर्न सहज वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगले आज आयोजना गरेको आयोजनाको प्रस्ताव तथा छनोट, आयोजना बैंक, ससर्त, समपुरक र विशेष अनुदान कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विगत वर्षहरूमा समेत […]

Continue Reading

वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

मंसिर २२, काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिकास्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष दमाईसहित सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र लेखापरीक्षक भोजराज शर्मा विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो […]

Continue Reading

सामाजिक सुरक्षा भत्ता पहुँच सुनिश्चित नगर दैलेखको नारायण नगरपालिका

मंसिर १०, दैलेख । दैलेख जिल्लाको नारायण नगरपालिकालाई सामाजिक सुरक्षा भत्ता लाभग्राहीको पहुँच सुनिश्चितता नगर घोषणा गरिएको छ । आज (बुधबार) औपचारिक रूपमा गरिएको यो घोषणासँगै नगर क्षेत्रभित्र बसोबास गर्ने सबै योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता सहज रूपमा प्राप्त गर्न पाउने व्यवस्था सुनिश्चित गरिएको जनाइएको छ । आवश्यक सूचकहरू पूरा गरेपछि गरिएको यस घोषणा कार्यक्रममा […]

Continue Reading

सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब नाघ्यो

मंसिर १०, काठमाण्डौ । सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । यो कूल जीडीपीको करिब ४५ प्रतिशत हो । आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । गएको असारदेखि कात्तिकसम्म सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । गएको असारसम्म सार्वजनिक […]

Continue Reading

कर्णालीका बिजुली तार र केबुल उद्योगको क्षमता उपयोग ९० प्रतिशत

मंसिर ३, काठमाडौं । कर्णाली प्रदेशका बिजुली तार तथा केबुल उत्पादन उद्योगको अवस्था सहज देखिएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कर्णालीका ती क्षेत्रका उद्योग करिब पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको हो । आर्थिक वर्ष २०८१÷८२ मा कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत छ । तर, बिजुलीका तार र केबुल उत्पादन सम्बन्धी उद्योगको […]

Continue Reading

चार महिना बित्दा पनि २५ वटा पालिकाले अझै बजेट ल्याउन सकेनन्

कात्तिक ३०, काठमाण्डौ । चालू आर्थिक वर्षको चार महिना बित्दा पनि २५ वटा पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । मुख्य समस्या मधेशमा छ । मधेश प्रदेशका २४ र लुम्बिनी प्रदेशको एक गरी २५ वटा पालिकाले अहिलेसम्म बजेट प्रस्तुत गर्न नसकेका हुन् । देशभरका सात सय ५३ मध्ये सात सय २९ वटा पालिकाले बजेट ल्याइसकेका […]

Continue Reading

पेट्रोल र डिजेलको मूल्य बढ्यो

कात्तिक ३०, काठमाडौं । नेपाल आयल निगमले आज मध्य रातदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ बढाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ भाउ बढाएको छ । भारतबाट भाउ बढेर आएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ । काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल १४७ रुपैयाँ […]

Continue Reading

पुँजीगत खर्च बढाउन प्रधानमन्त्री कार्कीको निर्देशन

कात्तिक २९, काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो समिक्षा बैठक बसेको थियो । छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रश्तुतीकरण दिनुभएको थियो । उहाँको प्रश्तुतिपछि छलफलमा सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीले आ–आफ्नो टिप्पणी र सुझाव राख्नुभयो […]

Continue Reading

शास्त्रले तोकेअनुसार आज तिहार अन्तर्गत कुनै कर्म छैन : पञ्चाङ्ग निर्णायक विकास समिति

कात्तिक ४, काठमाण्डौ । शास्त्रले तोकेअनुसार आज तिहार अन्तर्गत कुनै कर्म नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विशेषगरी यमपञ्चक पाँच दिनको हुने भए पनि यस वर्ष तिथिको घटबढले एक दिन बढेर छ दिन भएको छ । जस अनुसार गएको एक गते शनिवार त्रयोदशी तिथिमा धनतेरस पर्व मनाइएको छ । तर त्रयोदशी तिथिमै […]

Continue Reading

लक्ष्मी पूजामा स्वदेशी माग धानेर १०१५ मेगावाट विजुली भारत निर्यात

कात्तिक ४, काठमाडौं । यसवर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः५० बजे पिक डिमाण्ड एक हजार ६५० मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको १६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार ६०२ […]

Continue Reading