पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि ख्याल राख्न राष्ट्रप्रतिको आग्रह

८ पुष सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । आज साधारणसभाको उद्घाटन गर्दै राष्ट्रप्रति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि ख्याल राख्न आग्रह गर्नुभएको छ ।
राष्ट्रप्रति भण्डारीले पत्रकार आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्न आग्रह गर्नुभएको हो ।
भण्डारीले पत्रकारले सूचना प्रवाह गर्दा सत्यतथ्य हो कि होइन, समाजलाई हित गर्छ कि गर्दैन भन्ने कुरामा विचार गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यमको भूमिकाप्रति चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले पछिल्लो समय डिजिटल मिडियाको प्रभाव पत्रकारिता क्षेत्रमा परेको भन्दै सामाजिक सञ्जालले पत्रकारिता ओझेलमा परेको बताउनुभयो । प्रविधिले ल्याएको परिर्वतनलाई नराम्रो भन्न नमिल्ने भन्दै राष्ट्रपति भण्डारीले प्रविधिको विकासलाई अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।
भोलिसम्म चल्ने केन्द्रीय साधारणसभा देशभरका …. बढी पत्रकारहरु सहभागी भएका छन् ।
कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा, कर्णाली प्रदेश सकारका मुख्य मन्त्रि, विरेन्द्रनगर नगरपालिका प्रमुखलगायतको सहभागी रहेको छ ।