मन्त्री बब्लु गुप्ताले दिए राजीनामा


माघ ५, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । उहाँ रास्वपाको तर्फबाट निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोड्नुभएको हो । ‘ मैले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकेँ ‘ मन्त्री गुप्ताले अनलाइनखबरसँग भने,’ प्रधानमन्त्रीले प्रक्रिया मिलाउन मात्र बाँकी छ ।’ उहाँले अब चुनावका लागि आफू होमिने बताउनुभयो । उहाँ जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुनुभएको थियो ।