आज देशका यी स्थानमा हुने छ वर्षा

फागुन २५,सुर्खेत । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का पानी र हिउँ पर्ने सम्भावना रहेको छ । त्यस्तै आज देशभर साधारणतया बादल लाग्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा, मेघगर्जन÷चट्याङसहित हल्का पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।
आज राति भने गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी र हिमाली भू–भामामा साधरणतया बादल लाग्नेछ, बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।