सुर्खेतमा ७० प्रतिशत मत खस्यो, गणना भोली हुने

जागरण
सुर्खेत, ३० बैशाख ।
सुर्खेतमा करिब ७० प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन् ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार शुक्रबार सम्पन्न मतदानमा करिब ७० प्रतिशत मत खसेको हो । पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयहरुबाट प्राप्त प्रारम्भिक सूचना अनुसार ६८.५ प्रतिशत मत खसेको र चौकुनेका २ वडाको विवरण समावेश हुन बाँकी रहेकाले ७० प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिनुभयो ।
उनका अनुसार जिल्लाका २९२ मतदान स्थल मध्य २९१ ठाउँमा मतदान सम्पन्न भएको छ भने सिम्ता गाउँपालिका वडा नं. १ को भगवती मावि मतदान स्थलमा भने स्थगित भएको छ । यस्तै अधिकांस ठाउँमा साँझसम्म पेटिका मत गणना स्थल तर्फ ल्याउने र आज विहानबाट मात्रै गणना हुने चालिसे बताउनुभयो । रातीबाट नै मत गणना गर्न सकिने भएपनि मत पेटिका ल्याउन ढिलाइ भएकाले विहान मात्र मत गणना हुने संभावना रहेको चालिसेको भनाइ छ ।