
सुर्खेत-दैलेख समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सर्बसम्मत रुपमा आइतबार सम्पन्न भएको छ । उक्त अधिवेशनमा पर्बिन साहि,खगेन्द्र खनाल र धर्म तिवारि संस्थाका संयोजक रहनुभएको थियो ।
दैलेख जिल्लाका बिभिन्न क्षेत्रमा पर्ने आपत बिपतमा सहयोग गर्ने, दक्षिणा कोरियामा दैलेखि लागायत सम्पुर्ण नेपालि नागरिकलाइ पर्ने बिभिन्न समस्यामा सहजिकरण गर्ने ,दैलेखको आन्तरिक पहिचान बाहिर सम्म चिनाउने उद्देश्यले दैलेख समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन सम्पन्न भएको हो ।
उत्त अधिवेशनले आत्मा प्रसाद आचार्यको अध्यक्षतामा १८ सदस्यिय कमिटी निर्माण गरेको छ। जसमा वरिष्ठ उपाध्यक्ष कलम कार्की उपाध्यक्ष यज्ञराज चौलागाईं, लक्ष्मण शर्मा ,बालकृस्ण शर्मा र लब शाही यस्तै महासचिवमा बिनोद कुमार शाही सचिबमा गणेश शाहि तोयानाथ नौपाने र शिव कडेल निर्बाचित हुनुभएको छ । यस्तै कोसाध्यक्षमा सुमन बुढा र सदस्यमा महेश साहि,राजेन्द्र बडुवाल,रबिन्द्र सिजापतिर अनिल योगि निर्बाचित हुनुभएको हो ।
