सुर्खेत, २३ बैशाख (जागरण) । कर्णाली प्रदेशसभाका सदस्यहरु अहिले स्थानीय तह निर्वाचनमा केन्द्रीत भएका छन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आ–आफ्नो पार्टी जिताउनका लागि सांसदहरु निर्वाचन केन्द्रीत भएका हुन । सांसदहरु अहिले जिल्ला तथा आफ्नो पालिका केन्द्रीत भएका छन् । सांसदहरुलाई घरदैलो कार्यक्रमदेखि आमसभाहरुमा भाषण गर्न भ्याइ नभ्याइछ । प्रदेशसभाको बैठक गत चैत २५ गतेदेखि बसेको छैन् । सांसदहरु निर्वाचनमा केन्द्रीत भएर बैठकमा उपस्थित नहुन थालेपछि त्यस यता प्रदेशसभाले बैठक बोलाएको थिएन् ।
यसैबीच कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेका हो ।
उहाँले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम आज राति १२ः०० बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
