जुम्लामा एमबुलेन्स दुर्घटना

गणेश रावत ।
जुम्ला, ८ जेठ (जागरण) । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा एम्बुलेन्स दुर्घटनामा परेको छ ।
गोठी जीउलादेखि जुम्ला सदरमुकाम खलंगा आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । एम्बुलेन्समा सवार पाँचै जना यात्रु सकुशल छन् ।
एम्बुलेन्स गोठी जीउलादेखि बिरामी लिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला आउँदै थियो । क १ झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रहरीका अनुसार बाटो फराकिलो भए पनि चालकको लपारबाहीले एम्बुलेन्स दुर्घटना भएको हो ।
बिहान नौ बजे जुम्ला जाने क्रममा कनकासुन्दरीको ५ नम्बर वडाको दाँते ओेखरमा गाडी रोकेर चालक बाहिर निस्केका थिए । गाडीमा रहेका यात्रुले गाडी हल्लाएपछि गाडी पछाडीबाट गुडेर दुर्घटना भएको चालक डम्मर बुढाले बताएका छन्।
कर्णाली राजमार्गको दाँते ओखरदेखि २० मिटर तल धानको बीउ राखेको खेतमा एम्बुलेन्स दुर्घटना भएको छ ।