जागरण
सुर्खेत,५ साउन ।
भेरी नदीमा बेपत्ता भएका भिमबहादुर मन्दिरको शव भेटिएको छ । अस्थाई प्रहरी पोष्ट तरंगा सुर्खेतका अनुसार असार ३२ गते बिहान ९ बजेको समयमा बराहताल गाउँपालिका–२ पाग्माका ४५ वर्षीया भिमबहादुर घरबाट सिस्नेरी जान्छु भनेर भेरी नदीमा डुंगा चढेर जानुभएको थियो ।
उक्त दिन बिहान ११ बजे सम्म पनि भिमबहादुर घर नआएपछि नदीमा बेपत्ता भएको पत्ता लागेको हो । त्यसपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । नेपाल प्रहरी, स्थानीय तथा आफन्तहरु चार दिनदेखि भिमबहादुरको खोजीमा खटिएका थिए ।
खोज्दै जाने क्रममा बुधबार साँझ बेपत्ता भएको स्थानबाट ५ किलो मिटर पश्चिम बराहताल गाउपालिका–४ चोक्टे स्थान नजिक भेरी नदीकोबीच भागको टापुमा तैरीएको अवस्थामा शव भेटिएको प्रहरीको भनाई रहेको छ ।