
जागरण, ११ पुस ।
मधेशी आयोगका सदस्य रेणुदेवि साहले कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई आयोगको प्रतिवेदन बुझाउनुभएको छ । आज कर्णाली प्रदेश प्रमुखलाई भेटेर सदस्य शाहले आयोगले तयार गरेको नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन बुझाउनुभएको हो ।
भेटका क्रममा उहाँले कर्णाली प्रदेशमा मधेशी समुदायको उपस्थिति र अवस्थाबारे पनि जानकारी लिनुभएको छ । संविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक सिद्धान्त अनुरुप कर्णाली प्रदेश सरकारका नीति तथा कानुनहरु निर्माणका लागि पहल गर्न उहाँले प्रदेश प्रमुख समक्ष आग्रह गर्नुभएको छ ।
प्रदेश प्रमुख परियारले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरुप समावेशी समानुपातिक पद्धतीलाई आत्मसाथ गर्नेगरी कर्णाली प्रदेश सरकारका नीति कानुन र कार्यक्रम निर्माणका लागि सुझाव दिने बताउनुभयो ।

