कर्णालीका स्थानीय तहमा कर्मचारी अभाव

सुर्खेत । कर्णाली प्रदेशमा अझै पनि कर्मचारी अभाव रहेको देखिएको छ । जसले गर्दासेवाग्राही प्रभावित हुँदै आएका छन ।
संघिय सरकारले समयमा कर्मचारीको व्यानवस्थापन नगर्दा स्थानीय सरकार कर्मचारी नपाएर सास्या परेको छ ।
प्रदेशका कतिपय स्थानीयमा कर्मचारीको अभावले गर्दा एक कर्मचारीले दुई–दुईवटा स्थनीय पालिकाको काम हेर्नुपर्ने अवस्था रहेको छ । खासगरी प्रमुख प्रशासकीय अधिकृत नहुदा यस्तो समस्या सिर्जना भएको हो ।
दैलेख जिल्ला भैरवी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले अहिले दुई वटा पालिकाको काम गर्दै आउनुभएको छ । यसले गर्दा पालिका स्तरमा हुने काममा बाधा परेको स्थानीय सरकाहरुले बताएका छन् ।
सम्बन्धित कार्यालय कर्मचारीहरुले अभावका कारण काममा बाधा परेको दर्शाउँदै कर्मचारी पठाउन आग्रह गर्दा पनि अहिलेसम्म सरकारले कर्मचारी नपठाएको भैरवी गाउँपालिका सूचना अधिकारी केन्द्र बहादुर शाहीले बताउनुभयो । उहाले भन्नुभयो, “हामीले कर्मचारी अपुग भनेर भनेका छौ, विशेषतः हाम्रो हाकिम सावले दुइवटा पालिका अहिले पनि हेरिरहनुभएको छ । यसरी सेवा दिन समस्या भइरहेको छ ।”
प्रदेशका धेरै स्थानीय तहमा दरबन्दीअनुसारको कर्मचारीहरु छैनन । चारवटा पालिका रहेको गुगुमा चार वटै पालिका प्रमुख प्रशासकीय अधिकृत विहिन छन् । सरकारले दरबन्दी अनूसार कर्मचारी व्यावस्थापन गर्न नसक्दा तल्लो तहका कर्मचारीलाई निमित्तमा राख्नुपर्ने बाध्यता छ । जिल्ला समन्वय समिति कार्यालय मुगुका प्रमुख मन्जन बहादुर कार्कीले भन्नुभयो । “हाम्रो जिल्लाका चारवटै पालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन, निमित्तको भरमा अहिले पनि चलाइरहनुपरेको छ ।”
६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा पनि ३ वटा नागरिपालिका अधिकृत तहका कर्मचारी छैनन । त्यहा पनि निमित्तकै भरमा संचानल भइरहेका छन् ।
प्रदेशमा कतिपय मन्त्रालयका कार्यालयहरुले पनि यस्तै समस्या भोग्दै आएका छन् । प्रदेशमा कर्मचारीको अभावले तिनले काम सम्पादन गर्न नसकेको अवस्था विद्यमान रहेको बताएका छन् । कर्णालीका दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्ने प्रवृतिले पनि कतिपय स्थानीय तहमा कर्मचारीको अभाव खड्किएको हो । विकट जिल्लाका स्थानीय तहमा अझैपनि कर्मचारी नरहेको जनप्रतिनिधिहरुले बताउछन ।
यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्णालका धेरै पालिकाहरुमा कर्मचारीको अभाव रहेको स्वीकार गर्छ ।
मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका उपसचिव रबिन्द्र जंग थापा अझै पनि कर्णालीका धेरै पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत खाली रहेको बताउनुहुन्छ । उहाले कर्मचारी व्यवस्थापनमा सरकारले कार्यविधि बनाएर अगाडि बढ्ने तयारी गरेको बताउनुभयो ।