सुर्खेत, १४ मंसिर (जागरण) । सुर्खेतको बराहताल गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाइन पुगेको छ । विद्युत प्राधिकरणले विद्युत प्रशारण लाइन पु¥याएको हो ।
गाउँपालिका र वडा कार्यालयको वडा नम्बर १ श्रीचौरका स्थानीय नागरिकले घरमा बत्ति बाल्न पाएका हुन ।
वडा नम्बर १ का एक सय १४ घरधुरीमा विद्युत जोडिएको गाउँ कार्यपालिका सदस्य चित्रा विश्वकर्माले बताउनुभयो । पहिलो पटक विजुली बत्ती बाल्न पाउँदा स्थानीय नागरिक खुशी भएका छन् ।