अवैध काठसहित पाँच जना पक्राउ

दैलेख । प्रहरीले दैलेख भगवतिमाई गाउँपालिकाबाट अवैध काठसहित पाँच जनालाई पक्राउ गरेको छ । भगवती–१ बबितडा स्थित बेस्तडा सडक–खण्डमा कृष्ण सिजाली मगरले चलाएको भे १ त ८६०० नम्बरको ट्याक्टरलाई गस्तीमा रहेको प्रहरी टोलिले चेक जाँच गर्दा अवैध काठ फेला पारेको थियो ।
प्रहरीले अवैध सालको काठ फेला पारी उक्त ट्याक्टर र चालकसहित ५ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाइएको छ । र उनिहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।