नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनको तयारी पुरा

असोज ९, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनको तयारी पुरा भएको छ ।
१० र ११ गते सुर्खेतमा हुँने प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले कर्णाली प्रदेश कमीटीले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रदेश राजधानी सुर्खेतस्थित सिटीहलमा शुरु हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
अधिवेशनमा पाटी महासचिव शंकर पोखंरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेख राज भट्टलगायतका नेताहरुले संवोधन गर्ने नेकपा ऐमाले कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले बताउनुभयो ।
लाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने र नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने गरी तयारी भइरहेको एमालेले जनाएको छ ।
एमालेका अनुसार अधिवेशनमा कर्णालीका १० जिल्ला र मोर्चासंगठन बाट ४ सय ६ जना प्रतिनिधि सहभागी हुँदैछन् । जस अनूसार एक सय ९५ जना महिला र ४ सय ७ जना पुरुष रहेका छन् । त्यस मध्ये ७३ जना पुरुष र ३८ जना महिलागरी एक सय ११ जना दलित प्रतिनिधित्व रहने छ ।
यस्तै, जिल्लागत प्रतिनिधित्व सुर्खेतबाट एक सय १२ जना, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालिकोटबाट ६४, जुम्ला र हुम्लाबाट ४८ ÷४८, डोल्पा ३९, मुगु ३३, र रुकुमपश्चिम २३ जनागरी जम्मा ५ सय ५४ जना र विभिन्न मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहने व्यावस्था गरिएको छ ।

एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ३५ सदस्यीय कमिटी निर्वाचित हुनेछ ।