स्थापना दिवशको अवशरमा धनन्जय सहकारीद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


सुर्खेत, ०८ असोज । स्थापना दिवशको अवशरमा धनन्जय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले साधारण सदस्य तथा सर्वसाधारणहरुको निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
धनन्जयको भविष्य व्यावसायीक समृद्ध सदस्य भन्ने मुल नाराका साथ स्थापना भएको सहकारीले १७ औँ स्थापना दिवशको अवशरमा आईतवार विहान कार्यालयमै निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको हो । निशुल्क स्वास्थ्य शिविरमा ५० जना भन्दा बढीको स्वास्थ परिक्षण गरिएको सहकारीका सचिव देवेन्द्र रिजालले जानकारी दिए । शिविरमा उनिहरुको ब्लड प्रेसर, ब्लड गुरुप र सुगर जाँच गरिएको थियो ।
स्वास्थ्य परिक्षण प्रयोगशाला क्षेत्रमा कार्यरत तथा सहकारीका कोषाध्यक्ष दयाराम पंगाली र संस्थाका शेयर सदस्य वीरेन्द्र प्रशाद न्यौपानेको समुहले साधारण सदस्यहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
संस्थाका संरक्षक सल्लाहकार कृष्ण प्रशाद पंगेनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजन संस्थाका कोषाध्यक्ष दयाराम पंगालीले गरेका थिए भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव देवेन्द्र रिजालले गरेका थिए । कार्यक्रम धनन्जय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेका अध्यक्ष भलाराम पंगालीको अध्यक्षता सम्पन्न भएको थियो ।