नवराज रोकाय
८ माघ, सुर्खेत – खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१–०८२ को दोस्रो त्रैमासिक तथा अर्ध वार्षिक प्रगति प्रतिवेदन सार्वजनीक गरेको छ ।
कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले दरबन्दी अनुसार पदपूर्ति नभएको र कार्यालय प्रमुखको आर्थिक अख्तियारी नभएकाले ८० प्रतिशत भन्दा कम वित्तिय प्रगती भएको बताउनुभयो ।
कार्यालयमा विभिन्न पदका लागी २१ जनाको दरबन्दी रहेपनी हाल १० जना कर्मचारी मात्रै कार्यरत हुँदा लक्ष्य अनुसार प्रगति हासिल गर्न चुनौती भइरहेको प्रमुख थापाको भनाई रहेको थियो ।
निमित्त कार्यालय प्रमुख थापाका अनुसार गयको साउन देखी पौष मसान्त सम्म बजारमा गुणस्तर र खाद्य सामाग्रीको सुरक्षा सुनिश्चत गर्ने उदेश्यले विभिन्न होटल, रेस्टुरेन्ट तथा खाद्य सामाग्री उत्पादक र विक्रेताहरु माथीे कार्यालयले २ सय २१ पटक अनुगमन गरेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र नगरपालीका संगको संयूक्तरुपमा २०८ पटक गरी हाल ६ महिनाको अबधीमा ४३० पटक बजार अनुगमन गरेको जनाएको छ ।
बजार अनुगमनका क्रममा म्याद गुज्रिएका, अखाद्य, र स्वाथ्यलाई असर पु¥याउने ४ लाख ६३ हजार २ सय ८ मुल्य बराबरको खाद्य पदार्थ जफतगरी नष्ट गरेको छ ।
कार्यालय प्रमुख थापाका अनुसार यस आर्थिक वर्षका लागी कार्यालयको २ करोड २३ लाख कुल बजेट रहेकोमा कार्यालयको कार्यक्षेत्र धेरै, कामको चाप अधिक र त्यसअनुसार स्रोत–साधन नहुँदा काम गर्न समस्या भएको बताउनुभयो ।
समीक्षा कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले पछिल्लो समय बजारमा दैनीक जिबनमा प्रयोग हुने उपभोग्य वस्तुहरुमा गुणस्तरको मात्रा कमीहुने गरेकोे पाइएकाले त्यसतर्फ कार्यालयले विषेश ध्यानदिन आवश्यक रहेको बताउनु भयो ।
मन्त्री शाहले पञ्चायतका पालमा मान्छे गल्तीगरे सजाय हूनछ भन्ने डरमा हुन्थे भने अहिले कानुनको व्यवास्था गरी आफ्नो व्यक्तिगत स्वार्थका लागीे उपाभोग्य वस्तुमा अखाद्य सामाग्री मिसावट गरी विक्री गर्नेकाम गरी रहेकाले यस्तो नगर्न आग्रह समेत गर्नुभयो ।
मन्त्री शाहले खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय संघिय सरकारको मातहत भएता पनी सीमित स्रोत–साधन र अभावकाबीच कार्यालले सन्तोष जनक काम गरिरहेको भन्दै प्रदेश सरकारले पनी आवश्यक सहकार्य र सहयोग गर्दे अघिबड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबिच, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले पनी आफ्नो अर्धबार्षिक प्रगती प्रतिवेदन सार्वजनीक गरेको छ । जुम्ला कार्यालयका प्रमुख पंकज दहालले तिन जिल्ला (जुम्ला, कालीकोट र मुगु ) हेर्न जनशक्ति जम्मा ३ जनामात्रै रहेको बताउनुभयो।
कार्यालयका प्रमुख दहालले कार्यालयको चालु आर्थिक बर्षको बजेट ५५ लाख ९७ हजार रहेपनी स्रोत–साधन नहुँदा लक्ष्य अनुसारको काम गर्न समस्या भैइरहेको बताउनु्भयो ।
कार्यक्रममा बिभिन्न निकायका प्रमुख तथा प्रतिनिधी सम्बन्धी निकायका व्यक्ति लगाएतले आ आफ्रनो धारणा राख्नुभएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योग र खाद्य बजारको अनुगमन गर्ने, खाद्य वस्तुको गुणस्तर जाँच्न प्रयोगशाला सेवा दिने, उद्योग सञ्चालनका लागि अनुमती–पत्र जारी गर्ने लगायतका काम गर्ने गर्दर्छ