
जागरण संवाददाता
नेपालको संघीय ब्यवस्था प्रणाली तथा शहरी सुशासन अभ्यास सम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम सुर्खेतको सिम्ता गाउँपालिकामा सम्पन्न भएको छ ।
हेल्भटास नेपालको आर्थिक सहयोग तथा सुशासन प्रवद्र्धनका लागि युवा संस्था (वाइजीजीपी) को आयोजना र सिम्ता गाउँपालिकाको सहकार्यमा चैत ५ र ६ गते अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । नेपालको संघीय व्यवस्था प्रणाली, सुशासन अभ्यास र विश्वका अन्य मुलुकहरूको अनुभव तथा अभ्यास सम्बन्धी जनप्रतिनिधिहरुलाई अभिमूखीकरण गरिएको थियो । कार्यक्रममा सिम्ता गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मी, निमित्त प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर राना, वडा नं. १ देखि ९ का वडा अध्यक्ष, कार्यपालिका सदस्य साथै पालिकाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
हेल्भटास नेपालका सुशासन विज्ञ बद्री मानन्धरले संघियताको, स्थानीय सरकार संचालन ऐन, नेपालमा शहरी शासन अभ्यास, वार्षिक योजना तथा बजेट निर्माण, जवाफदेहिता र पारदर्शिता लगायत अन्तर सरकारी सम्बन्ध र नितिगत व्यवस्था सम्बधीको विषयमा सहजीकरण गर्नुभएको थियो । हाम्रो शहर परियोजनाका संयोजक खगेन्द्र सिजापतीले सञ्चालन गर्नुभएको कार्यक्रमको अन्तमा वाइजिजिपीका कार्यकारी निर्देशक घनश्याम केसीले सुशासन र जवाफदेहिताका पक्षमा सेवा प्रदायक निकायहरु अब्बल हुनुपर्ने धारणा राख्नुभएको थियो ।
