गण्डकी प्रदेशको हिमाली एक÷दुई ठाउँमा आज हल्का वर्षा÷हिमपातको सम्भावना


मंसिर २०, सुर्खेत । आज गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । आज राति गण्डकी प्रदेशको हिमाली भागको एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बादल छ । देशका अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक आंशिक बादल लागेको र बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।