धान काट्दा र पदयात्रा गर्दा मौसमबारे जानकारी लिन सुझाव

कात्तिक १०, काठमाण्डौ । आज बेलुकीदेखि शुक्रवारसम्म देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले हिजो सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आज सबै प्रदेशका पहाडी तथा हिमाली भागका एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । भोलि पनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै […]

Continue Reading

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

१० कात्तिक ,काठमाडौँ  । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। सोमबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउन लागेका हुन्। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको […]

Continue Reading

जेन्जी युवा सन्तोष बोहराको उपचारमा कोरियाबाट दुई लाख बढीको आर्थिक सहयोग उपलब्ध

कृष्ण शर्मा । कात्तिक ९ , सुर्खेत  । दक्षिण कोरियामा रोजगार नेपाली युवाहरूले सुरु गरेको “जेन जेड सन्तोष बोहरा उपचार सहायता अभियान” मार्फत घाइते जेन्जी युवा सन्तोष बोहराको उपचारमा कोरियाबाट दुई लाखभन्दा बढी रुपैयाँको आर्थिक सहयोग प्रदान गरिएको छ। गत भदौ २३ र २४ गते देशभर भएको जेन्जी आन्दोलन मुख्य रूपमा सुसाशन, सामाजिक न्यायको पक्षमा […]

Continue Reading

तिहारको अन्तिम दिन आज भाइटीका मनाईयो

कात्तिक ६ ,सुर्खेत । तिहारको अन्तिम दिन आज भाइटीका लगाएर मनाईएको छ। आजका दिनलाई यमपञ्चकसमेत भनिन्छ। यस वर्षको भाइटीकाको शुभसाइत ११:३९ बजे  थियो। समय हुनेले शुभसाइतमै भाइटीका लगाउने गर्दछन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमै भाइटीका ग्रहरण गरेका थिए। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा […]

Continue Reading

लक्ष्मी पूजामा स्वदेशी माग धानेर १०१५ मेगावाट विजुली भारत निर्यात

कात्तिक ४, काठमाडौं । यसवर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः५० बजे पिक डिमाण्ड एक हजार ६५० मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको १६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार ६०२ […]

Continue Reading

यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

कात्तिक २, काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले राससलाई जानकारी […]

Continue Reading

तिहार अर्थात् यमपञ्चक शुरु : आज धनतेरस मनाईंदै

कात्तिक १, काठमाण्डौ । यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो एक बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व शुरु भएको हो । दिउँसोपछि त्रयोदशी तिथि परेकाले आजै धनतेरस अर्थात् धनत्रयोदशी पर्व […]

Continue Reading

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

असोज ३१, काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको हो । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ । नेपालमा २०११ सालदेखि सामान्य रूपमा फूलखेती हुँदै आए पनि २०५० सालको […]

Continue Reading

चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट

असोज ३१, काठमाडौँ । चालु आर्थिक वर्ष सुरु भएर तीन महिना सकिँदा देशभरका ४३ स्थानीय तहले अझै पनि वार्षिक बजेट प्रस्तुत गरेका छैनन् । संविधानअनुसार स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि तोकिएको समयसीमा उल्लङ्घन गर्दै ती स्थानीय तहले अहिलेसम्म बजेट पेस नगरेका हुन् । संविधानले सङ्घीय सरकारलाई जेठ […]

Continue Reading

टी–२० विश्वकप छनोटः नेपालसँग ओमान पराजित

  असोअसोज ३०,काठमाण्डौ । आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा बुधबार सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक […]

Continue Reading