
पुस ,१४ । प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्ने समयसीमा आज सकिँदै छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूले पुस १३ र १४ गतेसम्म पेश गरेका बन्दसूचीको छानबिन पुस १५ देखि २० गतेसम्म हुनेछ। छानबिनपछि पुस २१ देखि २७ गतेसम्म आयोगले दलहरूलाई सूची मिलाउन लगाउने कार्यतालिका तय गरेको छ।

पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको सूची ठिक छ कि छैन भनी जाँच गरिनेछ। अन्ततः माघ ४ गते बन्दसूची पहिलोपटक प्रकाशित गरिनेछ भने माघ २० गते अन्तिम सूची सार्वजनिक हुने प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।
