वीरेन्द्रनगर उपत्यकाको न्यूनतम तापक्रम हिजो भन्दा आज कम

पुस ३०,—आज दिउँसो पनि तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर पश्चिमी वायुको हल्का प्रभाव रहेको छ ।
कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका जिल्लाहरूमा बिहानको समयमा हुस्सु देखिएको महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजे सुर्खेतको वीरेन्द्रनगर उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको छ । आज बिहान वीरेन्द्रनगरमा न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको हो । हिजो बिहान सोही समयमा वीरेन्द्रनगरको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको थियो ।
मौसमविद्हरूले चिसो बढेकाले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।