सडक दुर्घटनामा गम्भीर घाइते लक्ष्मी लामिछानेको उपचारका क्रममा मृत्यु

पुस ३०- वीरेन्द्रनगरको फोरलेन सडकअन्तर्गत पुरानो ११ नम्बर वडा कार्यालय अगाडि भएको सडक दुर्घटनामा गम्भीर घाइते लक्ष्मी लामिछानेको उपचारका क्रममा मृत्यु भएको छ।

पिपिरा चौकबाट धुलियाबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले पैदलयात्री ७० वर्षीय लक्ष्मी लामिछानेलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते हुनुभएका लामिछानेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।दुर्घटनामा लेखबेशी नगरपालिका–३ निवासी २९ वर्षीय मोटरसाइकल चालक हर्कबहादुर बस्नेत पनि घाइते भएका छन्। उनको हाल प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।वीरेन्द्रनगरको फोरलेन सडकअन्तर्गत पुरानो ११ नम्बर वडा कार्यालय अगाडि भएको सडक दुर्घटनामा गम्भीर घाइते लक्ष्मी लामिछानेको उपचारका क्रममा मृत्यु भएको छ। पिपिरा चौकबाट धुलियाबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले पैदलयात्री ७० वर्षीय लक्ष्मी लामिछानेलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते हुनुभएका लामिछानेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
दुर्घटनामा लेखबेशी नगरपालिका–३ का २९ वर्षीय मोटरसाइकल चालक हर्कबहादुर बस्नेत पनि घाइते हुनुभएको छ। उहाँको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।