कर्णालीका पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फागुन १३, सुर्खेत । आज दिउँसो कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका आज कर्णालीका प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने मौसम सामान्यतया चिसो रहने अनुमान गरिएको छ। प्रदेशका तल्लो पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ।

देशका अन्य प्रदेशमध्ये गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा पनि सामान्य बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने दिउँसो मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।