सरकारकाे सल्लाहकारकाे रुपमा विज्ञ समुहः मन्त्री केसी (अडियोसहित)

सुर्खेत, १७ भदौ (जागरण) । कर्णालीको एकीकृत विकासका लागि प्रदेश सरकारले विज्ञ समूह गठन गरेको छ । यही विज्ञ समूहको सुझाव र परामर्शका आधारमा नै अब विकासका योजना तय हुनेछन् ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले कर्णालीको विकासका लागि आवश्यक परामर्श लिनका लागि विज्ञ समूह गठन गर्ने निर्णय गरेको हो । समूहमा विभिन्न क्षेत्रका विषय विज्ञलाई समेटिएको छ ।
प्रदेश मन्त्री परिषद्को वैठकले गरेका निर्णबारे हामीले सरकारका प्रवक्ता एवम् भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला विज्ञ समुह गठन गर्नुको उद्देश्य के हो ? भनेर सोधेका छौँ । सुन्नुस् यो कुराकानी (अडियो) ।