पन्ध्र वुँदे घोषणा गर्दै कालिकोटको बाल भेला सकियो, अध्यक्षमा विसि

खडानन्द अधिकारी ।
कालिकोट, २८ कात्तिक (रेडियोे चंखेली) । सोमबार उद्घाटन भएको कालिकोट जिल्लाको बाल भेला मंलवार १५ बँुदे कालीकोट घोषणा पत्र जारी गर्दै सकिएको छ । जिल्ला बाल भेलाले निर्वाचन प्रणाली द्वारा नयाँ नेतृत्व चयन समेत गरेको छ ।
घोषण पत्रमा सरकारले बालवालिकाको हकमा छुटाइएको वजेट कार्यान्वन गर्नु पर्ने, जिल्ला प्रहरी कार्यालय कालीकोटमा बाल इजालसको व्यवस्था गरिनुपर्ने, वाल अधिकारको कार्यान्वन गर्न सरोकारवालासंग छलफल गर्ने घोषणा गरिएको छ ।


भेलाले नया नेतृत्वको पनि चयन गरेको छ । मतदान प्रकृयाबाट चयन भएको नयाँ नेतृत्वको अध्यक्षमा पुजा बिसिले २२ मत प्राप्त गरी बिजयी बन्नु भयको छ । अध्यक्ष पदको लागि ४ जना को उम्मेद्वारी परे पनि बिसि बिजयी बन्नुभयको हो । उहाँको निकटतम प्रतिस्पर्धी ऐन बहादुर बुढा ले १८ मत प्राप्त गर्दा चन्द्र बिस्ट ले भने २१ मत प्राप्त गर्नुभयो । यस्तै अर्का उम्मेद्वार दिनेश गिरीले जम्मा ८ मतमा सिमीत बन्नुभयको थियो ।
उपाध्यक्ष पदमा भने निर्मल भण्डारी निर्बिरोध बिजयी बन्नुभयो । यस्तै सचिव पदमा परेको कुल ४ जनाको उम्मेद्वार मा ज्ञानेन्द्र शाहीले ३२ मत प्राप्त गरी बिजयी बन्नुभयो ।
उहाँका प्रतिस्पर्धी राजन बमले २१ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी उम्मेद्वार हरिस बिकले ६ मत र सुरेश सिम्खाडाले ९ मत मात्र प्राप्त गर्नुभयो ।
कोषाध्यक्ष पदको लागि परेको ३ जना को उम्मेद्वारीमा संगीता परियार ३७ मतका साथ बिजयी बन्नुभयो, उहाँका प्रतिस्पर्धी उम्मेद्वार जुनु बिस्टले १४ र दिपा शाहीले १३ मत मा सिमित बन्नुप¥यो । त्यस्तै सहसचिव पदमा परेको जम्मा ४ जना को उम्मेद्वारीमा लोकेन्द्र महतारा २३ मत का साथ बिजयी बन्नुभयो, उहाँका प्रतिद्धन्धी समिक्षा बिक ले १६ मत प्राप्त गर्नुभयो भने कुशुमा शाहीले १५ र सन्देश शाहि ले १२ मत प्राप्त गर्नुभयो । कुल ७५ जना मतदाताले मतदान गर्नुभएको थियो भने ३ मत बदर भयको थियो ।