दैलेखमा पेट्रोलियम खानीको उत्खनन् हुने

सुर्खेत, २९ फागुन (जागरण) ।  दैलेखमा पेट्रोलियम खानीको उत्खनन् हुने भएको छ । चीनको अनुदान सहयोगमा दुई वषभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ गतेबाट काम थाल्ने भएको हो ।
चीनले २ अर्ब ४० करोड रुपैयाँ लगानीमा २ वषभित्र उत्खनन् गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ ।


एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको हो ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा.सोमनाथ सापकोटाको नेतृत्वमा फागुन १२ देखि १७ गतेसम्म चीन पुगेर चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खनन्सम्बन्धमा छलफल गरी काम सुरु गर्ने भएको हो ।