भुकम्प प्रतिरोधी घरहरु बन्ने क्रम बढ्यो

नन्द कठायत
सुर्खेत, ३ माघ (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो समय भुकम्प प्रतिरोधी घरहरू बनाउने क्रम बढेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले भुकम्प प्रतिरोधी घर बनाउने नयाँ मापदण्ड बनाएसँगै भुकम्प प्रतिरोधी घर बनाउनेको संख्या बढेको हो ।
नगरपालिकाले दिएको जानकारी अनुसार सरकारी तथा निजी गरी यो आर्थिक २०७६÷७७ मा ३० प्रतिशत घर भुकम्प प्रतिरोधी बनेका छन् ।
नगपालिकाले निर्णय र कार्यविधी बनाएपछि भुकम्प प्रतिरोधी घरहरु बन्ने क्रम बढेको नक्सा उपशाखाका अमिन मोहन कार्कीले बताउनुभयो ।
सुर्खेतमा निर्माण भएका नयाँ कार्यालय सबै भुकम्प प्रतिरोधी भएको भन्दै उहाँले पहिले बनेका घरहरू भने भुकम्प प्रतिरोधी नभएको बताउनुभयो ।
उहाँका अनुसार सुर्खेतमा अहिले साना ठूला गरी करिब २० हजारको संख्यामा घरहरू रहेका छन् । तीमध्ये अधिकांश घरहरू भने भूकम्प प्रतिरोधी छैनन् ।
वीरेन्द्रनगर नगरपालिकाले अब बन्ने नयाँ घरका लागि अनिवार्य रूपमा भुकम्प प्रतिरोधी बनाउनका लागि मात्रै नक्सा पास गर्ने गरेको छ ।