टेकराज केसी
सुर्खेत, ३० कार्तिक (जागरण) । नेपालमा हुने बिभिन्न औपचारिक कार्यक्रम निश्चित समयमा शुरु भएको तपाईँले अहिलेसम्म थाहा पाउनुभएको छैन् होला ।
मानौ १ बजेदेखि हुने कार्यक्रम छ भने चाँडोमा दुइ बजे शुरु हुने गर्दछ । समयमा केहि पनि कार्यक्रम र काम शुरु नहुने परम्परा बसिरहेका बेला कालिकोटको शुभकालिका गाउँपालिकाले भने निर्धारण गरिएको समयभन्दा एक मिनेट ढिलो भएमा कार्यक्रम नै स्थगित वा जरिवाना गर्ने गरी नियम बनाएको छ ।
भाषणमा सु–शासनका कुरा जती नै गरिएपनि व्यवहारमा त्यस्तो लागु नभएका बेला गाउँपालिकाले समयलाई महत्व दिदै निर्धारण गरिएको समयभभित्र नै कार्यक्रम गर्ने गरि नीयम बनाएर कार्यान्वयन शुरु गरेको हो ।
सु शासनको कुरा भाषणमा मात्र गरेर नहुने भन्दै गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले जुनसुकै कामको शुरुवात समयबाट हुने भएकाले आफुहरुले यस्तो नीयम शुरु गरि कार्यान्वयनमा ल्याएको कर्णाली रैबारलाई बताउनुभयो ।
गाउँपालिकाभित्र कुनै औपचारिक कार्यक्रम कुन समयमा निर्धारण गरिएको हो त्यो समयभित्र नभए अतिथिको सेडुल नै परिवर्तन हुने उहाले बताउनुभयो ।
उहाले गाउँपालिकाको सु–साशनको क्षेत्रमा थुप्रै कामहरु भएको भन्दै समयअनुसारका काम गर्न सिकाउने भनेको नीति निर्माताले भएको बताउनुभयो ।
अध्यक्ष चौँलागाईले गाउँपालिकाका युवाहरुलाई कृषिमा आकर्षित गर्न ३ वटाभन्दा धेरै पशुपालन गर्ने र तरकारी खेती गर्नेलाई प्रोत्साहन दिने गरिएको जानकारी दिनुभयो ।
उहाले आफ्नो गाउँपालिकामा उद्योग क्षेत्रको सम्भावना पनि धेरै रहेको भन्दै साना उद्यमीहरु तयार गरी स्वरोजगार बनाइएको बताउनुभएको छ ।
शुभकालिका गाउँपालिकाले जुनसुकै काम र कार्यक्रम समयभन्दा बाहिर नगर्नेगरी बनाएको नीति अन्य स्थानीय सरकारहरुको लागि पनि उदाहरणिय बन्न सक्ने जानकारहरुको भनाई छ ।