कर्णालीमा पहिलो पटक सबैभन्दा ठुलो राशीको साहित्य पुरस्कार स्थापना (अडियोसहित)

पंखबहादुर शाही
सुर्खेत, १४ मंसिर (जागरण) । कर्णालीमा पहिलो पटक सबैभन्दा ठुलो राशीको साहित्य पुरस्कार स्थापना भएको छ ।
साहित्य समाजले नगद ५० हजार राशीको कर्णाली प्रदेशकै सबै भन्दा ठूलो राशीको साहित्यिक पुरस्कारको स्थापनो गरेको हो ।
साहित्य समाजले साहित्य समाज कृति पुरस्कार, साहित्य समाज कृति पुरस्कार, साहित्य साधना पुरस्कार गरि तीनओटा विधामा पुरस्कार स्थापना गरेको छ ।
यस वर्ष साहित्य समाज समाज कृति पुरस्कार महेश थापाले लेखेको मरीचिकालाई प्रदान गर्न लागिएको छ ।
यस्तै साहित्य समाजले नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पु¥र्याउने श्रष्टाहरु मध्येबाट छनोट गरेर कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार कालिकोटका बुद्धिसागरलाई प्रदान गर्न लागिएको छ ।
यस्तै साहित्य समाजले स्थापना गरेको कर्णाली साहित्य समाज साधन सम्मान दैलेखका श्रष्टा कवि निबन्धकार एवम् पत्रकार श्यामल अधिकारीलाई प्रदान गरिने संस्थाका अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

संस्थाले आफ्नो स्थापना कालको छोटो अवधिमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको भन्दै अध्यक्ष अधिकारीले कर्णालीलाई सही ढंगबाट प्रयोग गर्न सकिएको खण्डमा मात्र कर्णाली सम्पन्न भएको सन्देश प्रर्वाह हुने बताउनुभयो ।