निर्णयबिना नै रकम हिनामिना भएको आरोप

बसन्त बागचन ।
मुगु, २९ पुस (रेडियो रारा) । मुगुमा गाउँसभाको निर्णय बिना नै लाखौँ रकम हिनामिना गरिएको भन्दै विवाद भएको छ ।
जिल्लाको सोरु गाउँपालिकाको गत असार १० गते सञ्चालन भएको चौथो गाउँसभाबाट निर्णय नै नभएका शिर्षकहरुमा ५० लाख छयासी हजार रकम हिनामिना भएको सोरु गाउँपालिकाकी उपाध्यक्ष राज्य लक्ष्मि मल्ल बमले बताउनु भयो ।
उहाँका अनुसार गाउँसभामा उपस्थित सबै पदाधिकारीहरुले उपस्थितिमा मात्रै हस्ताक्षर गरेको र अन्य योजनाहरु छनौट नभएको बताउनुभएको छ ।