कर्णाली प्रदेशमा मानसिक रोगका बिरामीहरु बढ्दै

पंख बहादुर शाही
सुर्खेत, २५ मंसिर (जागरण) । कर्णाली प्रदेशमा मानसिक रोगका बिरामीहरु बढ्दै गएको पाईएको छ ।
आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सि.एम.सी)को आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रमा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मनोरोग विशेषज्ञ डा.सुसिल शमदर्शिले मानसिक रोगका बीरामिहरु अस्पतालमा आउने क्रम बढ्दै गएको बताउनुभयो ।
चालु आर्थिक बर्षको ५ महिनामा एक हजार ५ सय ६६ जना मानसिक रोगका बीरामीहरु अस्तालमा भर्ना भएको उहाँले जानकारी दिनुभयो ।
जसमा ६० प्रतिशत डिप्रेसन, १५ देखि २० प्रतिशत चिन्ताजन्य एंव चिन्ताबाट उत्पन्न हुने शारीरिक तथा अन्य समस्याहरु, ५ देखि १० प्रतिशत कडा खालका मानसिक रोग र ५ देखि १० प्रतिशत छारेरोग, मादक पदार्थ तथा लागुपदार्थको लत, डिमेन्सीया (बिर्सने रोग)का बीरामीहरु भर्ना भएका छन् ।
विभिन्न घरेलु हिंसा, गरिवी, वेरोजगारी, बालविवाह, बैदेशीक रोजगारी लगाएतका कारण मानिन्छेहरु मानसिक रोगी हुने गरेका छन् भने पछिल्लो समय सामाजिक सञ्जालले पनि धेरै जसो किसोर किसोरीहरुमा यस्तो खालको समस्या आउने गरेको डा.शमदर्शिले उल्लेख गर्नुभयो ।
यस्तै मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालका कार्यक्रम अधिकृत हिमाल गैरेले मानसिक समस्या अहिले निकै विकराल बन्दै गएको बताउनुभयो ।
कर्णालीका सुर्खेत, दैलेख, सल्यानमा मानसिक रोग सम्बन्धीका चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिने उहाँले बताउनुभयो । आवाज……….