बनगाड कुपिण्डे नगरपालिकामा कोरोना प्रतिकार्य

कृति सुवेदी । 
सुर्खेत, २० जेठ (जागरण) । सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका २५ जना नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसै सन्दर्भमा जनतासँग जनप्रतिनिधिमा हामीले बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनसँग कुराकानी गरेका छौँ ।

१) संक्रमितहरुको हालको अवस्था के छ ?
स्वास्थ्यकर्मीहरुका अनुसार हाल उनिहरुको अवस्था समान्य अवस्थामा छ । उनिहरुको उपचार चलिरहेको छ ।

२) बनाइएका क्वारेन्टाइनले नपुग्ने होला अव नयाँ आउने नागरिकहरुलाई कसरी व्यवस्थापन गर्ने तयारीमा हुनुहुन्छ ?
विगतमा हामीले अनुमान गरेभन्दा बढी नागरिक क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आयो । हाल नगरपालिकाभित्र १८ वटा स्थानमा व्यवस्थापन गरेका छौँ ।

३) रोजगारीको लागि विदेश गएका नागरिकहरु हाल फर्किरहेका छन्, अव बेरोजगारी समस्या आउने होला नि ?
अव आउने नीति तथा कार्यक्रममा त्यसबारेमा बारेमा हामी सोच्नेछौँ, अहिले यो भयावह अवस्था नियन्त्रण कसरी गर्ने भन्नेमा नै हामी लागिपरेका छौँ ।

४) निर्माण भएका क्वारेन्टाइनहरु बालबालिका तथा महिला मैत्रि छन् कि छैनन् ?
त्यो त छैन १०/१२ जनालाई एकैठाउँमा राख्नु हाम्रो बाध्यता हो । प्रदेश सरकारले समयमा यसतर्फ चासो देखाएन । भौतिक संरचना पनि हामीसँग त्यस किसिमको छैन ।

५) अव कोरोना नियन्त्रणको लागि के गर्दै हुुनुहुन्छ ?
अव भर्खरै मैले प्रदेश सरकारमा जानकारी फोनमार्फत गराएको छु । त्यहि अनुसार के कति व्यबस्था हुन्छ लाग्छौँँ ।