कर्णालीमा कोरोना संक्रमितको संख्या २३ सय बढी

सुर्खेत, ११ भदौ (जागरण) । कर्णाली प्रदेशमा पछल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै प्रदेशमा संक्रमितकोे संख्या दुई हजार ३ सय १९ पुगेको छ ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका ४ जना, भक्तपुर र भारतका एक÷एक जनागरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुर्खेतको चौकुने गाउँपालिकाका दुई जना, विरेन्द्रनगर नगरपालिका र गुर्भाकोट नगरपालिकाका एक÷ एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताउनुभयो ।
यसैविच, पछिल्ले २४ घण्टामा कर्णालीमा थप १२ डिस्चार्ज भएका छन् । योसँगै कर्णाली प्रदेशमा अहिले सम्म कोरोना भाइरसको संक्रमण जित्नेको संख्या दुई हजार १९ पुगेको छ ।
आज कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट १२ जना डिस्चार्ज भएका अधिकृत कँडेलले बताउनुभयो । अब कर्णाली प्रदेशका विभिन्न आइसुलेसनमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ९४ जना रहेको मन्त्रालयले जनाएको छ ।