कोरोनाबाट नागरिकहरुलाई बचाउन एसएमएस अभियान

दैलेख, ११ भदौ (जागरण) । समुदायस्तरमा कोरोना फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले सुरक्षा सतर्कता अपनाउन एसएमएस अभियान’ संचालनमा ल्याएको छ ।
सामाजिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सेनिटाइजरको प्रयोगले कोरोना रोकथाममा तीनवटा सुरक्षा सीप प्रयोग गराउन एसएमएस अभियान सुरु गरिएको हो ।
यसको लागि जिल्ला प्रशासनले विभिन्न सरकारी तथा गैर सरकारी नीकायहरुसँग समन्वय गर्ने जनाएको छ ।
जिल्लास्थित नागरिक समाजका अगुवाहरुसँगको बैठकमा कोभिड–१९ संकट व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले एसएमएस अभियान’ शुरु गरिएको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
दैलेखमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ५७ जना मात्रै छ ।
बुधबारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार ३८ जना छ ।
ती मध्ये ९ सय ८१ जना निको भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड –१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।