शतप्रतिशत बजेट कार्यान्वयन गर्ने गरी काम गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत, १८ मंसिर (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शतप्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
भौतिक पुर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी हेरीरहनुभएका मुख्यमन्त्री शाहीले वुधवार आयोजित प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा वोल्दै यस्तो निर्देशन दिनुभएको हो ।
उहाले वजेट कार्यान्वयनसंग सम्बन्धित धेरै समस्या हल भएको वताउदै चालु आर्थिक वर्षको प्रगति उदाहरणीय हुनुपर्ने वताउनुभयो ।
उहाँले संगठन संरचनाको टुंगो लागेर मन्त्रालय मातहत हरेक जिल्लामा २ वटा कार्यालय रहेको, सेवा करार मार्फत कर्मचारी अभावको समस्या सामाधान भएको, हरेक जिल्लामा प्रदेश सरकारका लेखा ईकाई कार्यालय स्थापना भएको वताउदै वजेट कार्यान्वयनमा देखाईने कुनै वाहानावाजी आफुलाई स्वीकार नहुने वताउनुभयो ।
कार्यसम्पादनका आधारमा मूल्याँकन हुने वताउदै मुख्यमन्त्री शाहीले कार्यालयमा वसेर फाईलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैली सच्च्याउनुपर्नेमा जोड दिनुभयो । कार्यालय प्रमुख समेत फिल्डमा खटेर परिणाममुखी काम गर्नुपर्ने वताउदै उहाँले दोश्रो चौमासिकमा ५० प्रतिशत कार्यप्रगति सहित समिक्षा गोष्ठीमा आउन निर्देशन गर्नुभयो ।