सहकारी क्षेत्र समाजवाद निर्माणको बलियो आधार : कृषि मन्त्री केसी

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले समाजवाद निर्माणको बलियो आधार सकारी क्षेत्र रहेको बताएकी छन् ।

सहकारीका माध्यामबाट नै विकास र समृद्धीका थुप्रै आधारहरु तय गर्न सकिने भएकाले सहकारीलाई समाजवादको बलियो आधारको रुपमा लिनुपर्ने उनको भनाई छ।

संविधानले नै नेपालको अबको मार्ग समाजवादतर्फ हुने लक्षित गरेका परिप्रेक्ष्यमा यसतर्फ अघि बढ्नका लागि समाजवादी अर्थतन्त्रको आधार निर्माण,समाजिक र सांस्कृतिक रुपान्तरण, श्रमजीवी वर्गको हित र सामुहिक समावेशी शासन पद्धति नै आजको आवाश्यकता हो,’केसीले भनिन् ।

बुधबार वीेरेन्द्रनगरमा रहेको गणेशजल बहुउद्देश्यीय सहकारी सँस्थाको नौ औँ साधारण सभामा बोल्दै मन्त्री केसीले भनिन् ,‘ कर्णालीको आर्थिक समृद्धी र विकासको आधार भनेकै सहकारी क्षेत्र हो। दावीका साथ भन्नुपर्दा हाम्रो जस्तो प्रदेशमा सहकारीहरुको ठुलो योगदान छ । यद्यपी, केही सहकारीले बदनाम पनि कमाएका छन्।’

अब, सहकारीका माध्यामबाट नै कर्णाली समृद्धीको आधार तय गर्नुपर्छ भन्ने तर्फ हाम्रो ध्यान आकर्षीत भएको छ । जसका लागि हामीले नेपालमै सबैभन्दासहकारी मार्फत अनुदान कार्यक्रम ल्यायौँ ,’उनले भनिन् ।

मन्त्री केसीले अब सहकारीले ठुल्ठुला विकासका कामहरु तर्फ ध्यानदिनुपर्ने बताईन् । औद्योगिक क्षेत्र, होटल (नीजि क्षेत्र) लगाएतका अर्थतन्त्रका आधारहरु तय गर्न सकिने क्षेत्रमा लगानी गर्न सक्नुपर्छ ।

प्रदेशको कुल जनसँख्याको करिब ८७ प्रतिशत कृषकहरु मात्र भएको हाम्रो प्रदेशका कृषकहरुलाई सौलियत ब्याज दिनपनि उनले सुझाईन् ।
सहकारीहरुले युवाहरुलाई रोजगारीका अवसरहरु सिर्जना गर्ने खालका कार्यक्रमहरु ल्याउन् अग्रसर हुन जरुरी छ,’मन्त्री केसीले भनिन्,युवाहरू सहकारीमार्फत परिचालित भई स्वरोजगार बन्न सक्छन् ।

नेपालमा साँगुरो श्रम बजारका कारण औपचारिक क्षेत्रले रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न सकेको छैन ।

यस्तै गणेशजल बहुउद्देश्यीय सहकारी सँस्थाले आफ्नो ९ औँ साधारण सभाबाट आगामी बजेट तथा कार्यक्रम पारित गरेको छ । सहकारीका अध्यक्ष प्रेम विसीले सहकारीलाई प्रदेशकै नमुना सहकारीको रुपमा विकास गरिने बताए ।
हाल सहकारी क्षेत्रमै नयाँ नयाँ आयामहरु ल्याएको सहकारीले अबका दिनमा अझै समुदाय स्तरमै गयर विभिन्न लोकप्रिय कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।