कर्णालीका ६० वटा स्थानिय तहका केन्द्रसम्म सडक सञ्जाल बिस्तार

नन्द कठायत ।
सुर्खेत, २६ माघ (जागरण) । कर्णालीका ६० वटा स्थानिय तहका केन्द्रसम्म सडक सञ्जाल बिस्तार भएको प्रदेश सरकारले जनाएको छ ।
७९ वटा स्थानीय तहमध्य ६० वटा स्थानीय तहस सडक सञ्जालसँग जोडिएका हुन । तर प्रदेशका १९ वटा स्थानीयतहमा भने अझै पनि सडक पुग्न सकेको छैन । विकासको महत्वपूर्ण पूर्वाधार मानियको सडकको उचित विकास नहुँदा कर्णालीका नागरिक सडकको पहुँचभन्दा बाहिर रहेका छन् ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालले सडकको पहुँचभन्दा बाहीर रहेका १९ वटा स्थानीय तहका केन्द्रसम्म केही बर्षभित्रै सडक सञ्जाल पु¥याइ सक्ने बताएको छ । त्यसको लागि प्रत्येक सडकमा एक–एक करोड बजेट विनियोजन गरिएको छ ।
प्रत्यक जिल्लाका भौतिक पूर्वाधार कार्यालयबाट त्यसको सम्भाव्यता अध्यान र टेन्डर प्रक्रिया सुरु भइसकेको भन्दै १९ वटा पालिका पनि छिट्टै सडक सञ्जालमा जोडिने मन्त्रालयका प्रवक्ता गोपाल शर्माले कर्णाली रैबारलाई बताउनुभयो ।
उहाँले प्रदेशको बहुवर्षीय ठेक्का बन्दोवस्ती निर्देशिका अनुसार जनता सडक तथा बहुवर्षीया योजना अन्र्तगत सडक र पुल निर्माण गर्ने योजना लिइएको बताउनुभयो ।
प्रवक्ता शर्माले प्रदेशका दशवटै जिल्लाका २४ वटा निर्वाचन क्षेत्रमा बहुवर्षीय योजनाको स्वकृती गरीएको समेत उहाले जानकारी दिनुभयो ।
प्रदेशका दश जिल्लामध्ये हुम्ला हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन् भने अन्य जिल्लाहरु सडक सञ्जालमा जोडिएपनि स्तरोन्नतीको अभावमा सडकको अवस्था पनि नाजुक रहेको छ ।
प्रदेश रणनीति सडक कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा प्रदेश राजधानी एकीकृत पूर्वाधार विकास कार्यक्रम अन्र्तगत अहिले विभिन्न क्षेत्रमा जोड्ने सना–ठुला सडक निमार्ण भइरहेका उहाँले बताउनुभयो ।
प्रवक्ता शर्माले कोरोना भाइरसको भाहामारीले गर्दा गत वर्षका केही सडक यो वर्ष पनि क्रमागत काम अगाडी बढेको उहाले बताउनुभयो ।