जनयुद्धको अवसरमा नगरपालिकाले दियो सार्वजनिक विदा

ज्ञानु गौतम ।
रुकुम, १ फागुन (जागरण) । रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाले जनयुद्धको अवसरमा सार्वजनिक विदा दिने निणर्य गरेको छ ।
जनयुद्ध सुरुवात भएको दिनको अवसरमा फागुन १ र २ गते २ दिन नगरपालिकाभर सार्वजनिक विदा दिने निणर्य गरेको हो ।
२०७७ माघ १६ गते बसेको जिल्ला सभा र माघ २९ गते बसेको चौरजहारी नगर कार्यपालिका बैठकको निणर्य अनुसार सार्वजनिक विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर के.सीद्धारा जारी गरिएको सुचनामा जानकारी दिइएको छ ।