सुन्दर नेपाल संस्थाद्धारा वीरेन्द्रनगरलाई स्वास्थ्य सामग्री सहयोग


सुर्खेत, ८ जेठ (जागरण) ।
वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालका लाई सुन्दर नेपाल संस्था सुर्खेतले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
एस एन भी नेपालकाे आर्थिक सहयाेगमा सुन्दर नेपाल संस्थाले पिपिई सेट,हाईजीन किट, स्यानीटाइजर मास्क लगायत ४ लाख ५९ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री आज अस्पताललाई हस्तान्तरण गरेको हो । स्वास्थ्य सागम्री बुझ्दै नगर प्रमुख देवकुमार सुवेदीले संस्थाको सहयोगले कोभिडले प्रतिकार्यमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले अहिलेको पहिलो प्राथमिकता नागरिकको जिउ ज्यानको रक्षा गर्नु नै भएकाले त्यसमा सहयोग गर्न साझेदार संस्थाहरुलाई आग्रह गर्नुभएको छ । सामग्री हस्तान्तरण गर्दै सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कंडेलले कोभिड प्रतिकार्यमा स्थानीय सरकारलाई सहयोग पु¥याउनका लागि सहयोग गरिएको बताउनुभयो । सामग्री हस्तान्तरणमा गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसी, सुन्दर नेपालका कार्यक्रम संयोजक ओमप्रकाश थापा लगायतको उपस्थिति रहेको थियो ।