देउताकाे थान भत्काउनेले नै गरे धामी बसालेर सरकारी भवनको शिलान्यास (भिडियाे)

जागरण
सुर्खेत, २९ भदौ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले धामी बसालेर गाउँपालिका भवनको शिलान्यास गरेका छन् ।
मुख्यमन्त्री शाहीको आफ्नै पालिका कालिकोटको पचाल झरना गाउँपालिकाको प्रशासनिक भवनको मंगलबार शिलान्यास गरेका हुन् । मुख्यमन्त्रीले ‘पचालो’ देवताका मूल धामी धनसिंह ऐडीको हातबाट चामल लिएर भवन शिलान्यास गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री शाहीले मुख्यमन्त्री चुनिएपछि गृह प्रवेश गर्दा पनि कालो बोको काटेर देउतालाई चढाएका थिए ।
दश बर्षे माओवादी जनयुद्धका बेला देउतालाई अन्ध विश्वास भन्दै देउताका थान भत्काउने कामको नेतृत्व गरेका शाहीले मुख्यमन्त्री भएपछि भने देवि देउतालाई प्राथमिकता दिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ ।
संघीय सरकारको ६० प्रतिशत अनुदान र गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्माण गर्न लागिएको उक्त भवनको तीन करोड ८५ लाखमा पुष्पाञ्जली पीएस जेभी प्रालिले ठेक्का पाएको छ ।