सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते, तिनजनाको अवस्था गम्भिर

सुर्खेत, १० कात्तिक । सल्यानको कुमाख गाउँपालिका–२ धावनखोलामा आज बिहान जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ ।
सल्लली बजार चौरजहारी सडक खण्ड अन्तरगत पर्ने मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नम्बर जिप सडकबाट कबिर ५० मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइतेमध्ये दुर्घटनामा परी कुमाख गाउँपालिका–२ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका छन । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम एसपी माधव प्रसाद श्रेष्ठले कोसी अनलाइनलाई जानकारी दिनुभयो ।
अन्य घाइतेहरु सामान्य रहेकोले उनिहरुको उपचार भने सल्लीबजारमा भइरहेको उहाले बताउनुभयो ।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।