नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समिरजंग शाह नियुक्त

काठमाडौं, १८ माघ (जागरण) । जाजरकोटका समिरजंग शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।
सरकारका पछिल्ला निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवम सुचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिनुभएको हो ।
उहा नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष समेत हुनुहुन्छ ।