चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको मृत्यु

रुकुम पश्चिम, २४ माघ (जागरण) । चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।
आज बिहान आफ्नै घर पछाडि बटाला मृत अवस्थामा फेला पर्नु भएको शर्माले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।