खोप अभियानमा लाग्न सांसदहरुलाई राष्ट्रियसभा अध्यक्षकाे आग्रह


जागरण
सुर्खेत, १३ फागुन ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाउँका सबै विषयको जानकारी राख्ने जनप्रतिनिधि नै सामाजिक डाक्टर भएको बताउनुभएको छ । ‘कोभिड १९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक आज सुर्खेतमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले समाज भित्रको रोग पत्तालगाउने दायित्व जनप्रतिनिधिकै काँधमा रहेको बताउनुभयो ।
अध्यक्षतिमिल्सिनाले जनप्रतिनिधि सधैं आफ्नो क्षेत्रका जनताको माझमा हुने हुँदा विभिन्न सामाजिक समस्याबारे जानकारी हुने बताउनुभयो । जनताले स्वास्थ्य समस्याको विशेषज्ञ सेवा डाक्टरबाट पाएपनि सामाजिक समस्याको समाधानका लागि भने जनप्रतिनिधिकै भर पर्नुपरेको उहाँको भनाई छ । कोभिड १९ विरुद्धको खोप अभियानमाभने कर्णाली र मधेस प्रदेशमा सङ्घीय सरकारले विशेष अभियान सञ्चालन गर्न सुझावदिनुभयो । सबै तहकाजनप्रतिनिधिले एकपटक पुनःआआफ्नो गाउँ फर्केर खोप लगाउने वातावरण सिर्जना गर्नुपर्ने अध्यक्षतिमिल्सिनाले बताउनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनताले सबैभन्दा बढी विश्वास र भरोसा गर्ने व्यक्ति नै जनप्रतिनिधि भएको बताउनुभयो । उहाँले कर्णालीमा अधिक भौगोलिक विकटता, हिमालीहावापानी र रिर्पोटिङमा प्राविधिक समस्या देखिएका कारण कोभिडविरुद्धको खोप लगाउने नागरिकको यकिनतथ्याङ्क अझैं आउननसकेको प्रष्ट पार्नुभयो । मुख्यमन्त्रीशाहीले प्रदेशको कुल जनसंख्याको ५२ प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले दोस्रो मात्रातथा ५० हजार ९३ जनाले बुष्टर डोज खोप लगाएको जानकारी दिनुभयो । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोभिड महामारीविरुद्धको लडाइँ हरेक नागरिकका लागि सिकाइ, साहस र पे्ररणा भएको विचार व्यक्त गर्नुभयो । जनप्रतिनिधिर स्वास्थ्य क्षेत्र संगसंगै जाँदामहामारी रोकथामप्रभावकारी बन्न सकेको उहाँको भनाई छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्राविधिक सहयोग र स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको आयोजनामा सम्पन्नअन्तक्र्रियामा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल,डब्लुएचओका नेपालप्रमुख डा राजेश संभाजीराव पाण्डव लगायतको सहभागिता रहेको छ ।