नेकपा एमाले दैलेख जिल्ला अधिवेशनः तीन सय मत गन्दा यस्ताे छ परिणाम


जागरण
सुर्खेत,२ चैत ।
प्रतिनिधिभन्दा बढी मत खसेपछि स्थगित भएको नेकपा एमाले दैलेखको बुधबार पुन मतदान भएको छ ।
नेतृत्व चयनका लागि विहान साडे आठ बजेबाट सुरु भएको मतदान सकिएर मतगणना सुरु भइसकेको छ । तीन सय मत गणना गर्दा अध्यक्षमा रविन्द्र शर्माले १ सय ८६ र सूर्य बहादुर शाहीले १ सय ११ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा प्रेम बुढाले २ सय २ र टोप वि.सी.ले ८८ तथा सचिवमा तिलक रिजालले १ सय ६६ र रुद्र शाहीले १ सय २९ मत प्राप्त गरेका छन् ।
कुल ७२१ मतदाता रहेकोमा ६८४ मत खसेको थियो ।