एमाले दैलेखमा पुन: शर्मा

जागरण संवादाता । सुर्खेत, चैत २ ।
नेकपा एमाले दैलेखकाे अध्यक्षमा रविन्द्र शर्मा निर्वािचत भएका छन् ।
नेतृत्व चयनका लागि बुधबार भएकाे निर्वाचनबाट शर्मा दाेस्राे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । शर्माले ४१४ मत ल्याउदा अर्का उमेद्वार सूर्यबहादुर शाहीले २६३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा ४५९ मत प्राप्तगरी प्रेम बहादुर बुढा विजयी भएका छन् । उनका प्रतिद्वन्दि टाेप विसीले १९६ मत प्राप्त गरे । सचिवमा तिलक प्रसाद रिजाल विजय भएका छन् । रिजालले ३६५ मत ल्याउदा अर्का उमेदवार रूद्र शाहीले ३०२ मत प्राप्त गरेका छन् ।
उपसचिवमा कलावती न्याैपाने र गंगाराम दाहाल निर्वाचित भएका छन् । यसअघि प्रतिनिधि भन्दा बढी मत खसेकाे भेटिएपछि स्थगित अधिवेशनमा बुधबार पुन मतदान भएकाे थियाे ।