निर्वाचनको मिति सार्न सकिन्छ ः महासचिव कंडेल

जागरण संवाददाता
सुर्खेत, १२ चैत ।
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले संघको निर्वाचन मिति सार्न सकिने बताउनुभएको छ ।
जागरण एफ एमको साप्ताहिक कार्यक्रम जन जिज्ञासामा शनिबार विहान कुरा गर्दै महासचिव कंडेलले निर्वाचनको निर्धारित मिति भन्दा एक दुई दिन सार्न सकिने बताउनुभएको हो । संघको निर्वाचनका लागि यही चैत २६ गते मिति तोकिएको छ । ‘चैते दशैँको दिन निर्वाचन राखेकोप्रति व्यवसायीहरुले असन्तुष्टि देखाएका छन’ भन्ने प्रश्नमा कंडेलले यदि उक्त दिन समस्या हुनेभए निर्वाचन समितिसंग छलफल गरेर एक दुई दिन मिति सार्न सकिने बताउनुभयो । यस्तै व्यवसायीहरुले उठाएको सदस्यता नविकरणका विषयमा भने उहाँले विद्यान विपरित जान नसक्ने कुरा दोहो¥याउनुभयो ।
दुई बर्षदेखि नविकरण नगरेका सदस्य निष्क्रिय रहने कार्यसमितिको निर्णयपछि संघमा माघदेखि सुरू भएको विवाद अझै समाधान भएको छैन् । विधान बमोजिम नविकरण नगरेका सदस्यहरु निष्क्रिय रहने र निर्वाचन पछि मात्रै पुन नविकरण गर्न सक्ने महासचिव कंडेलले बताउनुभयो । खारेजीमा परेका व्यवसायीले भने कोभिड–१९ महामारीको प्रभावले नविकरण हुन नपाएको भन्दै नविकरण गर्ने मौका दिनुपर्ने माग गर्दै आएका छन् ।
यस्तै कंडेलले संघको अध्यक्षमा आफ्नो उमेद्वार रहने बताउनुभयो । आफू नेतृत्वमा आए व्यवसायीहरुको हक हित र निजी नीति नियम निर्माणमा पैरवी गर्ने उहाँले बताउनुभयो । संघले स्थापना गरी हाल ४४ लाख रहेको अक्षय कोषलाई एक करोड पु¥याउने पनि उहाँको भनाइ छ । संघलाई अमुक पार्टीको भातृ संगठनजस्तो नभई सबै पार्टीमा आस्था राख्ने व्यवसायीहरुको साझा संस्थाका रुपमा स्थापित गर्न आफ्नो उमेद्वारी रहेको कंडेलले बताउनुभयो । सबै दलमा आस्था राख्ने व्यवसायीहरुको गठबन्धन बनाएर निर्वाचन लड्ने उहाँले उहाँले बताउनुभयो ।
२०७५ मंसिरमा निर्वाचित वर्तमान कार्यसमितिको अवधि पुसदेखि सकिएकोमा अहिले विद्यान बमोजिम बढीमा छ महिना भित्र निर्वाचन गराउनुपर्ने प्राब्धान अनुसार अहिलेको समिति छ । संघको आगामी नेतृत्वका लागि चैत २६ गते निर्वाचन मिति तय गरिएको छ ।