न्याय सम्पादनमा राजनितिक तथा प्रक्रीयागत जटिलता


सुर्खेत १८ भदौ । स्थानिय पालिकाहरुको न्याय सम्पादनमा सुरक्षा संगै राजनिातिक तथा प्रक्रीयागत जटिलता रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा भएको न्यायीक समिती र मेल मिलापकर्ता बिच सिकाई तथा अनुभव आदान प्रदान गोष्ठिका सहभागिहरुले यस्तो बताएका हुन । स्थानिय तहको न्यायिक समितिको काम कारवाहीलाई प्रभावकारी बनाउन मेलमिलापकर्ताहरुको ज्ञान सिप, क्षमता तथा दक्षता को अभाव हुने गरेको लेकवेशी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक बिमला खड्लुकले बताउनुभयो ।
न्यायिक समितिको प्रभावकारीताका वृद्धी गर्नका लागी न्यायिक समितिको न्याय सम्पादन प्रक्रियाबा विषयमा समुदायस्तर सम्म प्रचार प्रशार गर्नु पर्ने, मेलमिलापकर्ताहरुलाई पुर्नताजकी तालिमको व्यवस्थापन तथा अन्तरपालिका स्तरिय सिकाई आदान प्रदान गर्न आवश्यक रहको उहाँको भनाई रहेको छ ।
यस्तै सिम्ता गाउँपालिकाकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गोमा शर्मा (रेग्मी) ले स्थानिय तहमा कानुनका ज्ञाताको अभाव हुदाँ र आफुहरुलाई कानुन सम्वन्धी ज्ञानको कमि हुदाँ न्याय सम्पादनमा चुनौती हुने गरेको जिकिर गर्नुभयो ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाका कानुनी सल्लाहकार कृष्ण बहादुर हमालले स्थानिय तहले प्रभावकारी रुपमा न्याय सम्पादन गर्नका लागी पालिकाले कार्यविधि निर्माण गरी वलिक राख्न आवश्यक रहेको बताउँदै यसले न्याय सम्पादनमा सहजता लयाउने उल्ल्ेख गर्नुभयो । स्थानिय नागरिकहरुलाई सरल, छिटो र कम खर्चमा स्थानिय स्तरमै विवाद समाधान गर्ने लक्ष्यका साथ यो अभियान सुरु भएको उहाँको भनाई रहेको छ ।
स्थानिय तहको न्यायीक समितीको कामहरुलाई प्रभावकारी बनाई मेलमिलापका माध्ययमबाट विवाद समाधान गर्ने लक्ष्यका साथ गोष्ठिको आयोजना गरिएको द एसिया फाउन्डेसन कर्णाली प्रदेशका कार्यक्रम संयोजक विशाल आचार्यले जानकारी दिनुभययो । कार्यक्रममा न्यायिक समितीको चुनौती, अवशर, सबल तथा दुर्बल पक्षको बिषयका मेलमिलापकर्ताहरु विच सिकाई तथा अनुभव आदान प्रदान गरिएको थियो ।
कार्यक्रम द एसिया फाउन्डेसन प्राकृतिक श्रोत द्वन्द रुपान्त्रण केनद्र नेपाल स्थानिय सरकार सवलिकरण कार्यक्रम अन्तरगत गरिएको हो । कार्यक्रममा सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका र सिम्ता गाउँपालिकाका न्यायिक समितिका संयोजक तथा मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम लेकवेशी नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक बिमला खड्लुको अध्यक्षताका भएको थियो ।