स्थानीय तह निर्वाचन नजिकिएसंगै उमेद्वार छनौटको तयारीमा दलहरु

सुर्खेत, २० चैत (जागरण) । निर्वाचन नजिकिएसँगै दलहरु निर्वाचन केन्द्रीत गतिविधिलाई बढाउन थालेका छन । कर्णाली प्रदेशमा पनि निर्वाचन केन्द्रीत कार्यक्रममा दलहरु केन्द्रीत हुन थालेका हुन ।
हिजो मात्रै सत्तारुढ गठबन्धनको कर्णाली प्रदेशको बैठकले आवश्यकताको आधारमा निर्वाचनमा तालमेल गरेर जानेगरी सहमति गरेको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच राजनितिक दलको बैठकले स्थानीय तहका वडा सम्म नै आवश्यकताको आधारमा गठबन्धन गर्ने सहमती गरेको हो ।
बैठकले गठबन्धन गरेर निर्वाचनमा जाने सहमती गरेको बताउँदै काँग्रेस प्रदेश सभापती शाहीले कुन पार्टीले कुन स्थानीय तहमा लड्ने भन्ने विषयमा अब भोली बस्ने बैठकले टुङ्गो लगाउने जानकारी दिनुभयो ।
उहाले आफ्नो पार्टीले चार दिनभित्र सबै उमेद्वारहरु सिफारिस गर्न समय दिएको भन्दै उहाले गठबन्धनभित्र सबैलाई मिलाउनुपर्ने भएकाले थप समय चाहिने कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यता, नेकपा एमालेले पनि आफ्ना निर्वाचन गतिविधिहरुलाई बढाएको छ । उसले निर्वाचन थप कसरी केन्द्रीत हुने भन्ने विषयमा भोली दलको प्रदेश स्तरिय बैठक बोलाएको छ । एमालेका प्रदेश अध्यक्ष बिनोद शाहले यस विषयमा जानकारी दिनुभयो ।
दलहरु अहिले गाउँ केन्द्रीत हुन थालेका छन भने उमेद्वारको टुङ्गो लगाउन समेत शुरु भएको छ । आकांक्षी धेरै हुँदा दलहरुलाई सकस परेको छ ।