राष्ट्रिय पारा भारोत्तलन प्रतियोगितामा सुर्खेतका किरण प्रथम


सुर्खेत, ९ जेढ ।
राष्ट्रिय पारा भारोत्तलन प्रतियोगिता २०७९ मा सुर्खेतका किरण सापकोटाले स्वर्ण पदक जित्नुभएको छ ।
सोमबार काठमाण्डौँमा राष्ट्रिय पारा भारोत्तलन खेलकुद संघ नेपालले आयोजना गरेको प्रतियोगितामा सापकोटाले प्रथम स्थान हाँसिल गर्नुभएको हो । उहाँले भारत्तोलन ७२ केजि तौल पुरुष तर्फ सहभागिता जनाउनुभएको थियो । देशभरबाट खेलाडीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । किरण सापकोटाले कर्णालीबाट प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो । प्रतियोगिता जितेकोमा खुशी हँुदै अपांगता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन भन्ने उदारणका रुपमा आफू प्रस्तुत भएको सापकोटाले प्रतिक्रिया दिनुभएको छ ।